मुक्तिनाथ  बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बिच सम्झौता

 

चैत ७, काठमाडाैँ ।  मुक्तिनाथ बिकास बैंक लि. र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. बीचबीमा सेवादिने सम्बन्धमा आज एक समारोह बीच सम्झौता सम्पन्नभएको छ । सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंक लि.ले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ । 

null

सम्झौतामा मुक्तिनाथ बिकास बैंक लि.को तर्फबाट का.वा. प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *