इष्टु चितवनको अध्यक्षमा होमबहादुर थापा चयन

चितवन , २९ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन इष्टु चितवनको अध्यक्षमा होम बहादुर थापा चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले थापाको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा मोतिराम फुयाँल, महिला उपाध्यक्षमा अन्जु गौतम सहित अन्य ९ जना उपाध्यक्ष चयन भएका हुन् । 

त्यस्तै, महासचिवमा भोला चालिसे, अर्थ उपमहासचिवमा सुधिर झा, सल्लाहाकार संयोजकमा इन्द्र प्रसाद भट्टराई, संरक्षक समिति संयोजकमा मुकुन्द गौतम, चयन भएका छन् । 

 

null

चितवनबाट राष्ट्रिय सदस्यमा जनक राज घिमिरे र विष्णु बहादुर भुजेल रहेका छन् भने, तीन नम्बर प्रदेशको प्रमुखमा राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीसहित केशवराज पाठक लाई दिएको इष्टु चितवनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =