पाँच घण्टा हिँडेर नगर प्रमुख वरालले गरिन् विद्यालयको अनुगमन

 

चैत ३, चितवन । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा रहेका विद्यालयहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । 

राप्ती नगरपालिकाका प्रमुख एवम् नगर शिक्षा समिति अध्यक्ष प्रभा वरालको नेतृत्वमा नगरको पहाडी वडामा रहेका सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको हो । 

null

वडा नम्वर ११ को थालकटार माध्यमिक विद्यालय, वडा नम्वर १२ को गणेश माध्यमिक विद्यालय यौरालीटार र वडा नम्वर १३ को कान्देश्वरी आधारभुत विद्यालयको नगर शिक्षा समितिले दुई दिन लगाएर अनुगमन गरेको थियो । 

भौगोलिक अवस्थाका कारण नगरको पहाडी वडाहरु पुग्न धेरै समय खर्चनुपर्छ । नगरको सबैभन्दा विकट मानिने कान्देश्वरी विद्यालय पुग्न करिब ५ घण्टा उकालो चढ्नुपर्छ । सामुदायिक विद्यालयहरुको भौतिक अवस्था, शैक्षिक अवस्था र विद्यार्थीको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरिएको राप्ती नगरपालिका शिक्षा शाखा प्रमुख हुमाकान्त अधिकारीले जानकारी दिए । 

 

अनुगमन गरिएको मध्ये गणेश मावि र कान्देश्वरी आधारभुत विद्यालयमा भौतिक अवस्था सुधार गर्नुपर्ने पाईएको अधिकारीले बताए । विद्यार्थीको अनुपात भने थालकटार भन्दा यौरालीटारमा कम रहेको छ । 

थालकटारमा ४ सय भन्दा वढि विद्यार्थी छन् भने यौरालीटारमा २ सय २६ जना र कान्देश्वरीमा १ सय ६० जना विद्यार्थी अध्ययनरत छन् । अनुगमनपछि राप्ती नगर प्रमुख प्रभा वरालले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यकता अनुसार आर्थिक, भौतिक, शिक्षक दरवन्दी थप गरिने प्रतिक्रिया दिईन् । 

अनुगमन टोलीमा नगर प्रमुख वराल, शिक्षा शाखा प्रमुख अधिकारी, नगर शिक्षा समिति सदस्य कविता राईसहित पत्रकारहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *