सञ्चारकर्मी सरोज लामिछानेको सुन जस्तो पितल सार्वजनिक

 

फागुन २६, काठमाडौं । सञ्चारकर्मी तथा गायक सरोज लामिछानेको सुन जस्तो पितल सार्वजनिक गीत सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बस्तु बनाई तयार पारिएको सो गीतमा गायक लामिछाने र सरिता रिजालको आवाज छ । 

गीतको केही टुक्का टिकटक लगायत सामाजिक सञ्जालमा यसअघि नै भाइरल भइसकेका छन । गायक लामिछाने आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा दिनेश थापा, एलिना रायमाझी, कल्यानकुमार कार्की, मुस्कान घर्ति र सीमा भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । 

null

यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसारी पसारी, सानु माया हासेर बोल लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए । यस अघिका अधिकांश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनिक गीत कहा होला सुन जस्तो पितल पनि लोकप्रिय बन्ने गायक लामिछानेको अपेक्षा छ । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *