इ.पी.एस कोरियन भाषा परीक्षा शुल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

 

चैत ०७, काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।  

भाेलि ८ गते देखि १७ गते (तदनुसार अप्रील २२–३१) सम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक (TOPIK- Test of Proficiency in Korean Language) परीक्षा शूल्क भुक्तान गर्न सक्नेछन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन् ।  

null

परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएका नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि https://eoers.epsnepal.gov.np/  साइटमा जानुपर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *