सेफ्टीट्याङकीमा खसेर एक गैँडाकाे मृत्यु

चैत्र १०, चितवन ।  चितवनमा होटलको सेफ्टीट्याङकीमा खसेर एक गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुन्जबाट राप्ती किनारमा निस्किएको गैडा भरतपुर महानगरपालिका २३ मा रहेको होटल टाईगर ल्याण्डको सेफटीट्याङकीमा खसेर मरेको हो । करिब २० बर्षको पोथी गैडा विहान साढे चार बजे सेफ्टीट्याङकीमा खसेको थियो । 

सेफ्टीट्याङकी माथिल्लो भाग कमजोर भएका कारण खसेर गैडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *