ब्रिटिश कलेजको दाविः विद्यार्थी मृत्यको घटनामा अतिरञ्जित प्रचारबाजी गरियो

 

फागुन २६, काठमाडौं । शैक्षिक भ्रमणका क्रममा दुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले ध्यानाकर्षण भएको जनाएको छ । 

काठमाडौँस्थित कलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जित तवरले प्रचारबाजीमा उत्रेको दाबी गरेको हो । 

null

कलेजले आज विज्ञप्ति जारी गर्दै आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने दावि गरेको छ । 

यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुन्द्रमा पौडि खेल्दा ज्यान गएको थियो । समुद्रमा पौडि खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ अटेर गरि पौडिन गएको र सोही कारण उनको ज्यान गएको कलेजले दावि गरेको छ ।विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले जनाएको छ । 

विद्यार्थीको मृत्युपश्चात उनको शवलाई छिटोभन्दा छिटो स्वदेश ल्याउन कलेजले निकै ठूलो प्रयत्न गरेको र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउँदै अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रह गरिएको छ । 

विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ । 

कलेजले घटनाप्रति नेपालको सम्बन्धित प्रशासन र व्यक्तिहरुलाई कुनैपनि प्रकारको अनुसन्धानमा सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको जनाएको छ । शनिबार विद्यार्थीका अभिभावकले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीको मृत्युमा आशंका पैदा भएको जनाएका थिए । सिरहा मिर्चैया महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट जिकिर गरेका थिए । 

उनले कलेजले छोराको खोजीमा समेत बेवास्था गरेको, शवको दाह संस्कार गरेपछि आफुहरुलाई अपमान र अभद्र ब्यवहार गरेको बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *