आक्रमणमा हुँदा नाइजेरिया ३२ जनाको हत्या
फागुन १८, कानो, नाइजेरिया । आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।
मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए । “आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौँ,” स्थानीय सुकाइमान शुअैबुले भने ।
null
नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केहीदिनपछि अर्को आक्रमणको घटना भएको हो । ठूलो संख्यामा आएका उनीहरुले स्थानिय समयानुसार ३.३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
“घटनामा परी ३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्,” एक अधिकारीले भने । जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्विकार गरे ।