अपहरण गर्न खाेज्ने दुई पक्राउ

 

चैत ५, सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरिबसेका हकलाई गत फागुन २५ गते पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरण गर्न खोजिएको थियो । अपहरण गरी भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताए । 

null

सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताए । 

“अपहरणकारीसँग कटुवा पेस्तोल समेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ”, उनले भने । कुटपिटबाट घाइते हकको पिँठ्युभरि निलडाम लागेको छ भने टाउको फुटेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका हकको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *