स्वगिय मन्त्री अधिकारीको परिवारलाई लाइफ इन्स्योरेन्सनले दियो करिब १३ लाख

काठमाडौं । स्वगिय मन्त्री रविन्द्र अधिकारीको परिवारलाई लाइफ इन्स्योरेन्स करर्पोरेशन नेपाल लिमिटेडले करिब १३ लाख रुपैया दिएको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । 

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका बीमित मन्त्रीको धर्मपत्नी बिद्या भट्टराईलाई कम्पनीले १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक पोखरा शाखाका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् । 

 

null

एलआइसी नेपालले मृतक मन्त्रीको निवास पोखरा पुगेर अधिकारीको परिवारजनलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो । जीवन बीमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले ८ वर्ष अघि ५ लाखको जिवन आनन्द नामको बीमा गरेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *