अष्ट्रेलियामा नेपाली बिद्यार्थीले किन गर्छन आत्महत्या ? रहस्य यसरी देखाइयो गीतबाट (भिडियाे सहित)

चैत्र ३, काठमाडौं । अष्ट्रेलियामा रहेका सर्जक माधब न्यौपानेले ‘पागल पागल बनाई हिँडि’ बोलको गीत सार्वजनिक गरेका छन् । नेपाली लोक तथा दोहोरी सांगितिक दुनिँयामा सुमधूर आवाजबाट स्रोताहरुको मन जित्न सफल गायिका पुर्णकला बिसीसँग नवोदित गायक माधवले स्वर दिएका छन् । गीतको भिडियो ईनाक्षी ईन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतको शब्द संगित गायक माधव न्यौपाने आफ्नैको रहेको छ । भने, भिडियोमा संवाद मनु धमलाको रहेको छ । अष्ट्रेलियामै छाँयाङ्कन गरिएको सो भिडियोमा माधव न्यौपाने, कल्पना गैरे, दीपक सापकोटाको अभिनय देख्न सकिन्छ ।  

 

null

जीवन रसाईलीको छायाकँन रहेको ‘पागल पागल बनाई हिँडि’ गीतको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । ईनाक्षी ईन्टरटेनमेन्टको सो गीतलाई बि स्टार फिल्म प्रा.लि.ले निर्माण गरेको हो ।  

गीतको भिडियोमा अष्ट्रेलियामा रहेका युवाहरुको माया र मित्रतालाई देखाइएको छ । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीले आत्महत्याका गरेका घटनाहरु बढेकोमा सोको कारण र रहस्यलाई समेत भिडियोमा देखाईएको छ । ‘गीतले अष्ट्रेलियामा रहेका लाखौँ युवाको अवस्था देखाएको छ । घर परिवारबाट टाढा रहेका युवाहरुले प्रेमको लागी दर्शाएको त्याग र धोकाका विषय भिडियोमा उतारिएको छ,’ गायक माधव न्यौपानेले भने ।–‘अष्ट्रेलियामै खिचिएको भिडियोका लोकेसनले दर्शकाका आँखामा शितलता दिन्छ ।’  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *