सेना दिवस: ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

 

फागुन २०, काठमाडौँ । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्यारासुटबाट फ्रि–फलको क्रममा एक सैनिक घाइते भएका छन् । 

प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प देखाउने क्रममा दुर्घटना भएको हो । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । 

null

आज शिवरात्रीका दिन सेना दिवस मनाइँदैछ । कार्यक्रममा सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको छ । 

आज उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =