मौरी पालक किसानहरुलाई ३ दिने तालिम 

 

फागुन २३, चितवन । मौरी पालक किसानहरुलाई व्यवसायिक रुपमा गुणस्तरिय मह उत्पादन अब्बल बनाउन मह उत्पादन प्रशोधन प्रविधि प्रर्दशन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको छ । 

मह उत्पादनको राजधनीको रुपमा परिचित चितवनमा महको गृणस्तरी वृद्धिसगैँ व्यवसायिक रुपमा किसानहरुलाई थप अब्बल बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनको आयोजनामा तालिम गराईएको हो । 

null

“चितवन महका लागि मुलुकमै अग्रणी छ, परियोजना ईकाइ कार्यालयका प्रमुख मेघनाथ तिमल्सेनाले भने, तर पनि यहाँको महमा पछिल्लो समयमा गुणस्तरका सबालमा केहि समस्या आएपछि मह उत्पादनमा किसानलाई प्रशिक्षित गराई गुणस्तर वृद्धि र किसान अब्बल बनाउन तालिम दिईएको हो ।” 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको प्राविधिक सहयोगमा जोन अन्र्तगतका मौरी पालनमा अब्बल २१ जना किसानहरुलाई तालिममा सहभागी गराईएको तिमल्सेनाले बताए । तालिममा मौरी विज्ञ प्रोफेसर डा. खेमराज न्यौपाने र नेपाल मौरी पालकमहासंघका पूर्व अध्यक्ष धुव्रतारा लामिछानेले सहजीकरण गरेको तालिममा गुणस्तरिय मह उत्पादनको अवसर तथा चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण गराईएको थियो । 

तालिमको अवसरमा चेपाङ्ग सुमदायहरुले सञ्चालक गरेको जनचेतना साना किसान कृषि सहकारी अन्तर्गत सञ्चालित मह संकलन तथा प्रशोधन केन्द्रको अवलोकन र छलफल समेत गरिएको थियो । 

चिउरीको मह उत्पादन गर्दै केन्द्रका अध्यक्ष दिनेश चेपाङ्गले सो अवसरमा आफुहरुले मौरी पालनमा परम्परागत शैलीलाई परिर्वतन गर्दै वयवसायिकहरुमा गरेको सफलताको बारेमा प्रकाश पारेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *