लागु औषध चरेश सहित दुई पक्राउ

फागुन २१, सुखड । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीबाट अवैध लागु औषध चरेश सहित २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ साडेपानीकी १९ बर्षिय राधा कटुवाल र गौरीगंगा नगरपालिका ३ का २३ बर्षिय अर्जनु बोगटी रहेका छन् । 

साडेपानीमा राधा कटुवालले अर्जनु बोगटी लाई अवैध लागु औषध चरेश बेची रहेको अवस्थामा ८९० ग्राम चरेश सहित उनीहरु लाई पक्राउ गरिएको हो । पक्राउ पर्ने दुवै जना लाई ईलाका प्रहरी सुखडले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *