रमेश प्रसाईको कुरा सुनेर किन रोए प्रधानमन्त्री ? (भिडियो सहित)

चैत्र १, काठमाडौं । हाम्रा प्रधानमन्त्री मनकारी ! कसैको दुखः र आँसु देख्नै नहुने । भावुक भइ हाल्छन् । १० वर्षे जनयुद्धमा १७ हजार नेपाली नागरिकले शहादत प्राप्त गरेपछि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धेरै ठाउँमा भावूक भएका थिए । पार्टीको जनसांस्कृतिक संगठनले गरेका धेरै सांस्कृतिक कार्यक्रममा प्रचण्ड भावुक भएजस्तै आजकल प्रधानमन्त्री केपी शर्मा ओली पनि भावुक हुने गरेका छन् ।  

बुधबार नेपाल टेलिभिजनमा प्रशारण भएको जनतासँग प्रधानमन्त्रीसँग पनि प्रधानमन्त्री ओली भावुक भए । प्रधानमन्त्रीलाई भावुक बनाउने युवा थिए । रमेश प्रसाई । फरक क्षमता (दृष्टिविहिन) भएका रमेशले धरानबाट प्रधानमन्त्रीलाई संवोधन गरेर एउटा भिडियो पठाएका रहेछन् । त्यो भिडियो हेरेर प्रधानमन्त्री ओली भावुक भएका हुन् ।  

पब्लिक स्पिकर २ को विजेता रमेश प्रसाईले प्रधानमन्त्रीलाई देश विखण्डनको नारा बोकेको सिके राउतलाई अंगालो हालेर रेशम चौधरीलाई किन जेल हालेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।  

null

भिडियोमा उनले सिके राउतलाई मृत्युदण्ड दिनुपर्ने सम्मका कुरा गरेका छन् । उनले आफु प्रधानमन्त्री भएको भए सिके राउतलाई जेलबाट बाहिर निस्कनै नदिने समेत दावि गरेका छन् । ‘म यदि प्रधानमन्त्रीको ठाउँमा अथवा निती निर्माणको तहमा भएको भए सिके राउत जेलबाट सपनामा पनि निस्कन सक्ने थिएन । गद्दार सिके राउतलाई सम्झौताको खुकुरीले उत्तर दिनुपर्थ्यो ।’ उनले भनेका छन् ।  

रमेश प्रसाईले रेशम चौधरीलाई जेल हालिएको सन्दर्भमा समेत बोलेका छन् । ‘रेशम चौधरीले आफ्नै घरभित्र समानता मागेको हो, आफ्नो पहिचान मागेको हो । तर, सिके राउतले घर भत्काउँ भनेको हो बीचबाट । देशै टुक्राउँ भनेको हो’ प्रसाईले भनेका छन्–‘त्यसकारण त्यो गद्दार सिके राउत भन्दा रेशम चौधरी जायज हो ।’ 

रमेश प्रसाईले आम जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै सर्वसाधारण जनताको जिवनस्तर कहालीलाग्दो भएको भन्दै प्रधानमन्त्रीलाई भनेका छन्–‘एक चोटी मेरो कोठामा आएर बसेर हेनुृहोस्, एक चोटी मैले जस्तै सार्वजनिक बसमा झुण्डिएर अन्र्तवार्ता दिन जानुहोस’  

जब प्रधानमन्त्री रमेश प्रसाईका यी भनाई हेरे त्यसपछि उनी एकाएक भावुक भए । अनी गोजीबाट रुमाल निकाल्दै कार्यक्रम सञ्चालकलाई ‘एक छिन है’ भन्दै चस्मा खोलेर आँशु पुछ्न थाले । र, भने ‘कठिन छ जिवन’  

प्रधानमन्त्री जनतासँग प्रधानमन्त्री कार्यक्रममा भावुक भएको यो पहिलो पल्ट भने हैन । उनी विगतमा पनि यहि कार्यक्रममा भावुक भएका छन् । ग्रामिण परिवेशका केहि दृश्य हेरेर उनी भावुक भएका छन् ।  

नेकपाको दुई तिहाईको सरकारले यतिबेला विकास र संबृद्धिका नारा बोकेको छ । ५ वर्षको स्थायी सरकारले उठाएका नारामा विकास र संबृद्धिलाई प्राथमिकतामा राखिएपनि सरकार गठनको करिब दुई वर्ष पुरा हुन लागि सक्दा समेत जनताले परिवर्तन देख्न पाएका छैनन् । कुशासन बढेको छ, भ्रष्टाचार बढेको छ । महंगीले सर्वसाधारण सेकिएका छन् । शान्ति सुब्यवस्था छैन । 

सिके राउत जस्ता ब्यक्ति दिन दहाडै देश टुक्राउने कुरा गर्दै हिँडिरहेका छन् । अझ सरकारले नै सिके राउतसँग स्वतन्त्र मधेशमा जनमत संग्रहकै भावमा सम्झौता गर्दछ, रेशम चौधरीलाई जेल हाल्दै विप्लब माओवादीलाई प्रतिबन्ध लगाउँछ । यस्तोमा रमेश प्रसाई जस्ता विवेकशील युवाहरु सरकार प्रति रुष्ट हुनु स्वभाविक हैन र ?  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *