चितवनको मालपोत कार्यालयमा सिडिओको छड्केः अधिकांश कर्मचारी गयल

 

चितवन , २७ फागुन । मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक दु:ख झेल्नुपरेको, कर्मचारीलाई घुस खुवाउनुपरेको, सेवाप्रवाहमा ढिलासुस्ती हुने गरेको भन्ने गुनासो सेवाग्राहीबाट आएपछि मालपोत कार्यालय भरतपुरको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले अनुगमन गरेका छन् । 

बिहानको १०:४० बजे गरिएको अनुगमनका क्रममा अधिकांश कर्मचारीहरु आफूखुशी बिदा बसेको समेत पाइएको छ । सामान्य कागजमा बिदाको निवेदन लेखे जस्तो गरेपनि कार्यालय प्रमुखबाट भने, कुनै स्वीकृत नै भएको थिएनन् । 

null

अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार, ‘हाकिमबाट स्वीकृत लिएर मात्र बिदा बस्नुपर्ने कानुनी प्रावधान रहेकोमा त्यसो नभएको र निवेदन दिएको भरमा मात्रै बिदामा बसेको पाइएको बताए ।’ हाजिरी कपी हेर्ने क्रममा कतिपय कर्मचारी कार्यालय समेतलाई जानकारी नदिई गयल थिए । 

कर्मचारीले यो लापरवाहीले सेवाग्राहीलाई समस्या त परेको छ नै राज्यकोषबाट समेत सरकारी तलबको चरम दुरुपयोग भएको छर्लङ्ग हुन्छ । निजामती कर्मचारीको यो पाराले स्थानीयलाई समस्यामा पारेको सेवाग्राहीको गुनासो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *