नवनियुक्त राजदूत पाण्डे भन्छन्, ‘कामदारको हितका लागि मलेसिया बन्द गरिएकाे हाे’

 

चैत ३, काठमाडौँ । मलेसियाका लागि नेपालका नवनियुक्त राजदूत उदयराज पाण्डेले दूतावासका कर्मचारीहरु आफ्नो देशका नागरिकप्रति जिम्मेवार रहेको दाबी गरेका छन् । 

कामदारलाई विभिन्न समस्या आइपर्दा दूतावासले चासो नदिएको, फोन गर्दा फोन नउठेको लगायतका गुनासाहरु आइरहेका बेला राजदूत पाण्डेले यस्तो दाबी गरेका हुन् । ‘दूतावासका कर्मचारी पनि नेपाली नागरिक नै हुन् । उनीहरु पनि आफ्नो देशका नागरिकप्रति जिम्मेवार नै छन् । त्यहाँका कर्मचारीले पनि सरकारकै तलब खाने हो । त्यसैले समस्यामा परेका नेपाली नागरिकलाई नसघाउने भन्ने कुरा आउँदैन ।’ 

null

राजदूत पाण्डेको स्वागतका लागि गैर आवासीय नेपाली संघ मलेसियाले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अब दूतावासले कामदारकाे गुनासाे सम्बोधन गर्दैन भन्ने गुनासो नरहने बताउँदै कामदारको गुनासो सुन्न र सम्बोधन गर्न दूतावासमा दुई वटा हटलाइन र एउटा चौबिसै घण्टा उठाइने फोन लाइनको व्यवस्था गरिएको जानकारी गराए । 

यस्तै उनले व्यक्तिगत स्वार्थले नभइ कामदारको हितका लागि मलेसिया बन्द गरिएको पनि स्पष्ट पारे । मलेसियासँगको भएको एमओयुको कार्यान्वयनका लागि समय लागेको जानकारी गराउँदै उनले रोजगारी यति नै दिन खुल्छ भनेर भन्न नसकिने पनि स्पष्ट पारे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =