विप्लब माओवादीका प्रभावशाली नेता पक्राउ

चैत्र ९, काभ्रे । विप्लब माओवादीलाई सरकारले प्रतिबन्ध लगाएसँगै विप्लबका कार्यकर्ता पक्राउ हुन थालेका छन् । यसैक्रममा शुक्रबार राति ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले हेमन्तप्रकाशलाई काभ्रेबाट पक्राउ गरेको हो । 

ओली विप्लव नेतृत्वको पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन् । ओली विप्वका विश्वासनीय नेता पनि हुन् । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले ओलीलाई ‘हिट लिस्ट’मा राखेको थियो । 

 

null

उनलाई पार्टीका कार्यकर्ताहरुले दोस्रो नम्बरका मानिएका नेता प्रकाण्डलाई भन्दा पनि बढी विश्वास गर्छन् । एनसेल बम विष्फोट नेता ओलीको निर्देशनमा भएको प्रहरीले निष्कर्ष निकालेको थियो । नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए । 

हेमन्तप्रकाश ओलीसहित विप्लव समूहका अन्य ८ नेता र कार्यकर्ता पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् । 

खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ । विप्लव भने प्रहरीको फरार सूचीमै छन् । सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ । 

सुदर्शनलाई नख्खु बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ। उनीमाथि कर्तव्य ज्यान, बम बिस्फोट र हातहतियार तथा खरखजना मुद्दा चल्ने प्रहरीले जनाएको छ। 

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ। यस्तै, उनीमाथि बम बिस्फोट र हातहतियार खरखजना मुद्दा आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ। फौजदारी संहिताको बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *