सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको बैठक, नागरिक अभिनन्दनको तयारी

 

चैत्र २, काठमाडौं । स्वतन्त्र मधेशको एजेण्डा बोकेका सिके राउतको स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग ११ बुँदे सम्झौता गरेपछि राष्ट्रिय परिषद्को बैठक बोलाएको छ । 

गठबन्धनले सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन राउतले उर्दि लगाएका छन् । 

null

गठबन्धनको बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा बृहद छलफल हुने एक सदस्यले बताए । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुनेछ भने त्यसपछि गठबन्धनका संयोजक सिके राउत मधेश दौडाहामा निस्किने स्रोतको दावि छ । 

परिषद्को बैठक ४ गतेसम्म चल्ने छ । परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको र्याली निस्किने छ । लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । 

चैत्र ५ गते लाहानमा विजय र्याली समेत निकालिने बताइएको छ । विहान ११ बजे लहानमा कार्यक्रम गरी १ बजे रुपनीमा समेत विजयोत्सव गरिने बताइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *