गाउँपालिका कार्यालयको छतबाट खसेर पुजारीको मृत्यु

 

फागुन २२, काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । 

पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी तिमल्सिना बस्दै आएका थिए । 

null

मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयवासीले पुजारी तिमल्सिना छतबाट खसेको देखेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही वर्षअघि वृद्धाश्रम सञ्चालन गरिएको उक्त भवनमा अहिले गाउँपालिकाको कार्यालय बसेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =