नेपाल बङ्गलादेश बैँकको वृक्षरोपण कार्यक्रम

फागुन १९, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बृक्षरोपण गरेको छ । बैंकले काठमाडौँ गौशाला स्थित पशुपतिनाथ मन्दिर परिसरमा (गौशाला चोक देखि उत्तर तर्फको बाटो देखि भुवनेश्वरी चोक सम्म) वृक्षरोपण गरेको हाे। 

उक्त कार्यक्रमको औपचारिक समुद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना लगायतले गरेका थिए । 

बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पुर्याउने उद्देश्यले उक्त क्षेत्रमा विभिन्न बहुमुल्य प्रजातीका रुखहरुको वृक्षरोपण गरेको जनाएको छ । बैंकले उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षरोपण गर्दै आईरहेको छ । 

null

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *