रेशम चौधरी लगायत ११ जनालाई रिहा गर्न थाकस चितवनको माग 

 

फागुन २४, चितवन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

जिल्ला सभापति ललितकुमार चौधरीद्धारा जारी विज्ञप्तीमा टिकापुर घटनालाई राजनीतिक ढंगले समाधान खोज्न आग्रह गर्दै थुनामा रहेका सांसद रेशम चौधरीलगायत सबै आरोपीलाई विनाशर्त थुनामुक्त गर्ने वातावरण बनाउनका लागि पुनः जोडदार माग गरिएको छ । अन्यथा शसक्त आन्दोलनमा जानुको विकल्प नरहेको थाकसले स्पष्ट पारेको हो । 

null

२०७२ भदौं ७ र ८ गते थरुहट आन्दोलनको क्रममा कैलालीको टिकापुरमा भएको झडपमा एसएसपी लक्ष्मण अर्यालसहित ८ जनाको ज्यान गएको थियो । आन्दोलनको बेला छानीछानी थारुहरुको घरमा गरिएको आगजनी, कुटपिट, लुटपाटलगायत थारु चेलीमाथी गरिएको अमानविय हिंसा लगायतको विषयमा राज्य मौन रहेको प्रति पनि थाकसले आपत्ति जनाएको छ । 

यस्तै, टिकापुर मुद्धालाई केहीहदसम्म समाधान गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका खेल्ने सबैमा धन्यवाद समेत ज्ञापन गर्दै थुनामा रहेका अन्य थारु अगुवाहरुलाई निशर्त रिहाईको पहल गर्न अनुरोध समेत गरेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *