सबैको पहिचानको सम्मान हुनुपर्नेः मुख्यमन्त्री राई

 

धरान, फागुन १८ । पहिचानको बिषय गतिलो मुद्दाका रुपमा प्रदेश संसदमा उठिरहेकोले सबै जातजातिको पहिचानलाई ध्यानमा राखेर १ नं प्रदेशको पनि नामाङकन हुने १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् । 

सुनसरीको धरानमा आजबाट सुरु भएको किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री राईले हरेक जातजातिको पहिचानको रक्षा गरेमात्र संबृद्ध र सुसंस्कृत समाज बन्ने बताउँदै आफना अधिकार र पहिचान खोज्नेले अरुको पनि पहिचान र अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए । 

null

उनले किरातीहरु नै देशका मुलबासी भएको भन्दै केही समयमै प्रदेशको नामाङकन गर्ने बताए । ‘आदिबासी किरातीहरु यो देशका मुलबासी हुन् । उनीहरुलाई पनि संबोधन हुने गरी प्रदेशको नामाङकन हुन्छ । कसैले आत्तिइहाल्नु पर्ने अवस्था आउँदैन ।’ मुख्यमन्त्री राईले भने । 

मुख्यमन्त्री राईले प्रदेश नामाङनको बिषय लगभग टुङिगइ सकेको भएपनि संसदमा भएका सबै दलहरुको राय सुझाव लिन आबश्यक रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले आफु पनि धराने भएको र धरानेले गरेको कार्यक्रममा अतिथि भएर आउन पाउँदा खुसी लागेको बताए । उनले आफना तर्फबाट किरात समुदायले उठाएका कुराहरु सदनमा राख्ने आश्वासन दिए । 

 

कार्यक्रममा संघीय तथा प्रदेश सभाका सांसदहरु, बिभिन्न राजनीतिक दलका नेता, कलाकारहरु लगायतको उपस्थिति रहेको थियो । ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा देशभरका १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको छ । 

महाधिवेशन २० गतेसम्म चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए । 

महाधिवेशनमा देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्टे«लिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मलेसिया, दुबई लगायत १७ वटा राष्ट्रका शाखाबाट प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *