वीपी प्रतिष्ठानको सिनेटमा शोक प्रस्ताव, भोली पुनः सिनेट बस्ने

 

फागुन १६, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४२ औं सिनेट आजबाट सुरु भएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बिहानबाट सुरु भएको सिनेटले हिजो ताप्लेजुङको पाथीभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै भोली पुनः सिनेट बस्ने निर्णय गरेको छ । 

सिनेटले पर्यटन मन्त्री अधिकारी सहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु प्रति समेत शोक सभा पारित गरेको छ । 

null

आज शोक सभा पारित गरेसँग रोकिएको सिनेट भोली विहान ८ बजेबाट सुरु हुने एक सिनेटरले बताए । स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा बसिरहेको सिनेटले प्रतिष्ठानमा भएका भ्रष्टाचार र अनियमितताका सन्दर्भमा छानविन समितिले दिएको प्रतिवेदन उपर छलफल गरी निर्णय गर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *