सेन्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा

 

फागुन २९, काठमाडाैँ ।  सेन्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  झपट बहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले गरेका छन् । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती  रहेकाे थियो । 

null

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *