चितवनको ग्लोबल आईएमई बैंकमा आगलागी

 

फागुन १६, चितवन । चितवनको नारायणगढमा रहेको ग्लोबल आईएमई बैँकको शाखा कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद रेग्मीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । 

बुधबार दिउँसो तीन बजे लागेको आगो भरतपुर महानगरपालिकाको बारुणयन्त्र तथा नेपाल प्रहरीको सहयोगमा झन्डै एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण बैंकका शाखा प्रबन्धकको कार्यकक्षमा रहेको फर्निचर तथा कम्प्युटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आज सार्वजनिक बिदाको दिन भएकोले आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनाबारे थप अनुसन्धान भइरहेकोले क्षतिको यथार्थ विवरण आउन समय लाग्ने प्रवक्ता रेग्मीले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *