एनआई सी बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

फागुन २७, काठमाडौँ । एनआई सी एशिया बैंक लि.को सप्तकोशी नगरपालिका वडा नं १, सप्तरी स्थित फत्तेपुरमा आजबाट नयाँ शाखा बिस्तार भएको छ । नगर प्रमुख उत्तमकुमार शर्माबाट सो शाखाको उद्घाटन भएको हो ।  उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माुले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएकोमा यस बैंकको प्रशंसा गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *