रक्षामन्त्रीका कारण सेनाको छबि गिर्दोः पूर्व सहायक डा. बस्न्यात

चैत्र ११, काठमाडौं । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखेका छन् । आइतबार रिपोर्टर्स क्लबमा आयोजित सात्क्षात्कारमा बोल्दै डा. बस्न्यातले उक्त कुरा बताएका हुन् । 

‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु । बन्दुक, गोली, बारुद र युद्धकला भनेको राजनीति होईन ।’ उनले भने ।–‘यो ब्यारेकमा राम्रोसँग राखिनुपर्छ । अहिलेका रक्षामन्त्रीले ‘डबल–स्ट्याण्ड’ देखाईरहेका छन् । चिप्ला कुरा गरेर हुँदैन् ।’ 

बस्न्यातले ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छबि गिर्दै गएको आरोप लगाए । उनले भने,‘रक्षामन्त्री भनेको त सेनाको पिता हो । तर, उहाँ रक्षामन्त्री भएपछि सेनाको छबि गिर्दै गएको छ । किनभने नेपाली सेनाले विम्स्टेकमा भाग लिएन भनेर दुनिया गाली गरियो, प्रधानमन्त्रीले गाली खाए, सेनाले गाली खायो, यी रक्षामन्त्रीले स्विकृति दिने चुईंक्क बोलेनन् । किन ?’ 

null

 

देशको राष्ट्रिय सुरक्षा नीति बनाउँदा देशको सबैभन्दा ठूलो चूनौति भारतीय नाकाबन्दी भनिएको उल्लेख गर्दै बस्न्यातले भने–‘यो रक्षामन्त्रीका मुखबाट उहाँले बनाएको सुरक्षा नीतिबाट आउने होईन, परराष्ट्रमन्त्री मार्फत आउनुपर्दथ्यो ।’ उनले भने–‘के तपाईको नेपाली सेना के हाम्रो प्रधानमन्त्री, हाम्रो रक्षामन्त्री अब लड्नुहुन्छ त भारतसँग ?’ 

बस्न्यातले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्नसक्ने गरि विद्येयक लैजानु रक्षामन्त्रीको गम्भिर गल्ती भएको टिप्पणी गरे । उनले भने, ‘म आर्मीको प्रवक्ता होईन, तर मैले धेरै देशको सुरक्षा परिषदको अध्ययन गरेको छु । मेरा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार भन्नेहरु यीनका ८\१० वर्षका रेकर्डहरु हेर्नुहोस् । यीनले खाएका डिएफआईडिका पैसाहरु, हामीले हिजो युद्ध लड्दा यो सेनालाई ठोक्नुपर्छ यो गर्नुपर्छ भनेर यत्रा यत्रा किताब लेख्नेहरु अहिले प्रधानमन्त्रीको त्यो ठाउँमा कुदिरहेका छन् ।’ 

वर्तमान गृहमन्त्रीका सल्लाहकार पनि त्यतिवेला सेना ढाल्नुपर्छ भनेर बोल्ने मान्छे भएको उनको भनाई थियो । उनले प्रश्न गरे,‘यो पृष्ठभुमि हो, आज सेनालाई किन खल्तीको गुडियाजस्तो प्रयोग गर्न खोजिँदैछ ? यस्तो चिप्लो रक्षामन्त्री मैले आजसम्म देखेको छैन् ।’ 

उनले आफूहरुलाई राजनीतिक कुरा र चिल्ला कुरा नआउने भन्दै मनमा अहिलेपनि बन्दुक रहेको सुनाए । उनले भने,‘हामी अहिलेपनि बन्दुके हौं, यो मनमा बन्दुक छ । दाहिने बाहिने जान्दैनौं । सेनाले एस ओर नो सिकाउँछ ।’उनले सेना परिचालनसम्बन्धी विद्येयक नियतवस ल्याईएको आरोप लगाएका छन् । 

बस्न्यातले थप प्रश्न गरे,‘नेपालको सुरक्षा अवस्था ठिक छ कि छैन भनेर तीन वटा सुरक्षा निकायका प्रमुखले गर्ने हो कि राजनीतिक दलहरुले गर्ने हो ? नेपाली सेना भनेको तपाईको खल्तीको भुटेको मकै हो र ?’ यो तवरले विद्येयक ल्याउनु भनेको भोलि सेनालाई प्रहरीलाई गिजोलेजस्तो ढाल्ने योजना भएको उनको तर्क थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *