नेपाल बङ्गलादेश बैंकको ८२,८३,८४ र ८५ औं शाखा शाखा बिस्तार

फागुन २८, काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ८२,८३,८४ र ८५औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले  फाल्गुण २६,२७ र आजबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टिकापुरमा र बाँके जिल्लाको कोहलपुरमा उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ भएको छ। 

बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरिएकाे हाे । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । 

टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुर शाखाहरु सहित बैंकले ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६६ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *