विप्लव समूहको बन्दले देशभरको जनजीवन प्रभावित

२०७५ फागुन ३० गते

काठमाडौं, ३० फागुन । विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ । आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
बन्दको राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ । राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् ।
null
यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । विप्लवको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०७५ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित