बसको ठक्करबाट एक जनाको मृत्यु 

फागुन १६, चितवन। चितवनको कालिका नगरपालिकामा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

शक्तिखोरबाट तनहुँतर्फ जाँदै गरेको ग. १. ख. २६७ नम्बरको बसले बाटो काट्ने क्रममा ना.५८. प. ६३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी बस्ने बर्ष १४ की शिक्षा अर्यालको मृत्यु भएको हो । 

गम्भीर घाइते भएकी बालिकाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक भरतपुर महानगरपालिका ९ बस्ने बर्ष ४९ को चन्द्र बहादुर भट्ट को अवस्था भने मध्यम रहेको र उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल, बस र चालक ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *