राष्ट्रपतिद्वारा दिवंगत मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेकपाका अध्यक्ष ओली र प्रचण्डले पार्टीको झण्डा ओढाउनुभयो । श्रद्धाञ्जलीका लागि अरु विशिष्ट व्यक्तिसहित पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणको टुँडिखेलमा घुईंचो छ । 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ । राति अबेरमात्र पोष्टमार्टमको काम सकिएपछि बिहान ८ बजेपछि मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिएको हो । 

 

null

श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ । अरुको पनि शव परिवारलाई बुझाएपछि आफ्नै परम्परा अनुसार अन्तिम संस्कार हुने गृह मन्त्रालयले जनाएको छ । काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *