चितवनको रत्ननगरमा पर्यटकीय पार्क निर्माण गरिँदै

फागुन २०, चितवन । चितवनको रत्ननगरमा पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पर्यटन विकासको लागी हरेक जिल्लामा पार्क निर्माण गर्ने सरकारी योजना अनुसार रत्ननगर नगरपालिका ५ झुवानीमा पार्क निर्माण गर्न लागिएको हो ।
पार्क निर्माणको रत्ननगर नगरपालिकाले स्वागत गर्दै आवश्यक सहयोग गर्ने बताएको छ । मेयर नारायण वनले सरकारले पर्यटकीय पार्क निर्माण गर्न रत्ननगरलाई प्राथमिकता दिएको भन्दै यसले नगरको गौरव बढाउने बताए । उनले पार्कलाई स्थानीय समुदायको आयआर्जनसँग जोडेर सञ्चालन गरिने बताए ।
null
५५ लाखको लगानीमा निर्माण गर्न लागेको पार्क नेपाल सरकार अन्तर्गतको जन सम्पदा तथा वातावरण संरक्षण कोषले नेपालकै नमुना पर्यटकीय पार्क निर्माण गरेर स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई हस्तान्तरण गर्नेछ । पार्क निर्माणको काम जेठ १६ गतेबाट सुरु हुने र तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको कोषका अध्यक्ष पुष्पराज पाण्डेले बताए ।
यसैबीच, पार्क निर्माणस्थलको रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडाध्यक्ष कृष्ण महतो, कोषका अध्यक्ष पुष्पराज पाण्डे, साविक बछौली गाविसका पूर्व अध्यक्ष फुलचन कुमार चौधरी, समन्वयकर्ता श्याम थपलिया, युवा समाजसेवी सन्ते चौधरी लगायतको टोलीले सोमबार अवलोकन गरेका छन् ।
पार्कभित्र स्विमीङ्ग पुल, पानीको फोहोरा, पिकनिक स्पोर्ट, गैंडा, हात्ती र बुद्धको मुर्ति, थारु समुदायको परम्परागत घर निर्माण गरिनेछ ।








