नेपालगञ्जका दुई सरकारी कार्यालयका अधिकृत र सुब्बा ८७ हजार घूससहित पक्राउ

 

फागुन २२, काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जका दुईवटा सरकारी कार्यालयका कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । 

अख्तियारको बुटवल कार्यालयको टोलीले नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा लक्ष्मण चन्द र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत विनोदकुमार श्रीवास्तवलाई घुससहित नियन्त्रणमा लिएको हो । 

null

लक्ष्मण चन्दलाई ५२ हजार र विनोदकुमारलाई ३५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । 

सरकारी कार्यालयमा थालिएको स्टिङ अप्रशेनका क्रममा दुवैजना पक्राउ परेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *