दुप्चेश्वर गाउँपालिका खुला राष्ट्रिय पुरुष भलिबलकाे बिजेता घाेषित

 

चैत्र १०, बेत्रावती ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । 

दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल व्यवस्थापक विक्रम थापाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल सर्भिसलाई २५–२२, २५–२३ र २५–१४ को सोझो सेटमा हराएको हो । 

null

उपाधि जितेको टोलीलाई रु एक लाख २५ हजार र दोस्रो टोलीलाई रु ७५ हजार नगदसहित शिल्ड, पदक र ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदान गरे । प्रतियोगिता अन्तर्गत शनिबार नै भएको खेलमा पञ्चकन्या गाउँपालिकालाई हराउँदै कालिका युवा क्लबले तेस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी विनोद चन्द घोषित भए । 

दुई वर्षअघिदेखि शुरु गरिएको दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई निरन्तर रूपमा राष्ट्रिय क्लब सहभागी गराएर पुरस्कार राशिसमेत वृद्धि गरी सञ्चालन गर्ने दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *