पूर्वी चितवनमा प्रहरीको एक टोल एक घण्टा अप्रेशन

 

फागुन ३०, चितवन। पूर्वी चितवनमा प्रहरीले एक टोल एक घण्टा अप्रेसन सुरु गरेको छ । पहिलो चरणमा यही फागुनको २३ गतेदेखी २९ गते सम्म एक हप्ते अप्रेसन चलाईएको थियो । सो अप्रेसन प्रभावकारी देखिएको बिहीवार आयोजित पत्रकार भेटघाटमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी ) दयानिधी ज्ञवालीले बताए । 

सुरक्षा चुनौती बढेको अनुभवसँगै जनप्रतिनिधीहरुबाट गुनासो आएपछि पूर्वी चितवनमा अप्रेसन सुरु गरिएको उनको भनाई छ । पूर्वी चितवनलाई शान्त र सुरक्षित बनाउन यहाँका तीन वटै इलाका प्रहरी कार्यालय मिलेर अभियानकै रुपमा अप्रेसन सुरु गरेको हो । पूर्वी चितवनमा इलाका प्रहरी कार्यालय टाँडीसँगै इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डारा रहेको छ । 

null

पूर्वी चितवनका चार वटै नगरपालिकामा यो अभियान संचालन गरिएको डिएसपी ज्ञवालीले बताए । ज्ञवालीका अनुसार गुण्डागर्दी, घरेलु मदिरा, लागु औषध, जुवातास, विकृत यौन क्रियाकलाप, ट्राफिक कारवाही, सचेतना र विभिन्न किसिमका तस्करी नियन्त्रण गर्ने उदेश्यले अभियान चलाईएको हो । एक हप्ते अभियानमा चार वटा नगरपालिकाबाट करिव १ लाख ७ हजार लिटर अवैध मदिरा बरामद गरि नष्ट गरिएको छ । 

घरेलु मदिरा सम्बन्धी इलाका प्रहरी कार्यालयहरुलेनै नष्ट गरेका छन् । बिभिन्न अबैध नदि जन्य पदार्थ ओसार पोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारवाही गरिएको छ । शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पूर्वी चितवनका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएकोमा राप्ती नगरपालिका ३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले बताए । अभियानकै क्रममा १ सय ४२ वटा सवारी साधनलाई कारवाही गरिएको छ । 

३ सय वटा सवारी साधनका अगाडिको झल्लर र स्टीकर समेत हटाइएको छ । प्रहरीले जिल्लामा चलाएको थ्रि–एस अप्रेसन अन्तर्गत एक हप्ते अभियान सञ्चालन गरिएको र त्यसलाई निरन्तर रुपमा अगाडी बढाउँदै लैजाने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए । अप्रेसनमा प्रहरी नायव उपरीक्षक ज्ञवाली,इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेब साउद, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्य, रत्ननगरका प्रहरी निरीक्षक उमेश अमात्य सहित दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *