बलात्कारपछि जलाएर बालिकाको हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ
२०७५ फागुन ८ गते

फागुन ७, काठमाडौँ । जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि जलाएर हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार बालिका हत्याको आरोपमा धनुषाको बटेश्वर–४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई पक्राउ गरेको हो ।
आरोपी मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनले दुतियालाई फ्रुटी र चाउचाउको लोभ देखाएर बलात्कार गरेको र शवको पहिचान लुकाउन जलाएको आरोपीले प्रहरी अनुसन्धानमा खुलाएका छन् ।
null
प्रहरीले दुतियाको शव फागुन २ गते शरीरको आधा भाग जलेको अवस्थामा उखुबारीमा फेला पारेको थियो ।
२०७५ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








