शिक्षिका सम्पर्क बिहिन

  

फागुन ७, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका-१ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका प्रतिभा आर्चाय सम्पर्क विहिन भएकी छन्। 

 

null

सोमबार दिउँसोदेखि शिक्षिका आचार्य सम्पर्क बिहिन भएको इलाका प्रहरी कार्यलय लम्कीले पुष्टि गरेको छ। आफुले प्रयोग गर्ने मोबाइल र झोला विद्यालयमै छोडेर उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। शिक्षिकाका आफन्तहरुले तत्काल खोेजीको माग गर्दे मंगलबार लम्कीमा नाराबाजी समेत गरेका छन्। 

आचार्यको खोजीका लागि सबै ठाउँमा सूचना गरिसकिएको र घटनाको बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए। 

करिब छ महिना पहिले मावि तहमा अध्यापनका लागि करारमा नियुक्त गरिएकी आचार्यलाई सोमबार विद्यालयले करार सम्झौता सकिएको भन्दै अवकाश दिएको खबर सुनिएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *