विमानस्थलको अनुगम गर्दागर्दै विमान दुर्घटनामा परे पर्यटनमन्त्री अधिकारी

 

फागुन १५, काठमाडौँ । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । 

विमान दुर्घटना हुनुअघि मन्त्री अधिकारीसहितको टोली तेह्रथुमस्थित चुवानडाँडाँ विमानस्थलको सम्भाव्यताका अध्ययनका लागि त्यहाँ पुगेको थियो । 

null

सम्भावित विमानस्थलको अध्ययन, अनुगमनपछि मन्त्री अधिकारीको टोली पाथिभरा मन्दीरको दर्शन गर्न उडेको थियो । मन्दिर पुग्न नपाउँदै पाथिभराको सिस्ने–खोला क्षेत्रमा उडानका क्रममा करिब साढे १ बजे विमान दुर्घटना भएकाे थियाे । 

दुर्घटनामा विमानमा सवार सातै जनाको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *