पूर्व क्याम्पस प्रमुख तथा प्रजातान्त्रिक योद्धा पोखरेलको निधन

फागुन ७, काठमाडौँ । प्रजातान्त्रिक योद्धा तथा धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोखरेलको निधन भएको छ। 

नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेस धनकुटका संस्थापक पोखरेलको गए राती निधन भएको हो । ७५ वार्षिय पोखरेललाई मुटु तथा पायल्सको समस्या भएपछि विराटनगरमा उपचार गराउँदै आएका थिए। 

धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएका पोखरेल हाल विराटनगरमा बस्दै आएका थिए। पोखरेलको मंगलबार अन्त्येष्टी गरिएको छ। उनका श्रीमती र चार छोरीहरु छन्। 

null

श्रीमती दुर्गा पोखरेल समाजसेवा तथा महिला अधिकारको क्षेत्रमा सक्रिय छिन्। यस्तै आफ्ना संस्थापक नेताको निधनप्रति कांग्रेस धनकुटाले दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै पोखरेलको निधनले कांग्रेसलाई अपुरनीय क्षती पुगेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *