पिता बन्दै कलिउडका चक्लेटी हिरो आर्यन

२०७५ माघ २२ गते

माघ २२, काठमाडौँ । अभिनेता आर्यन सिग्देल पिता बन्ने भएका छन् ।
सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि अभिनेता आर्यान पिता बन्ने भएका हुन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।
केही दिन अगाडी सपना भेट्न उनी काठमाडौँ आएका थिए । फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने बताइएकाे छ ।
null
अभिनेता आर्यन सिग्देल यति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’ को छायांकनमा व्यस्त छन् ।
आर्यान सिग्देललाई चक्लेटी हिरोको रुपमा लिइन्छ । उनले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छ मा मुख्य भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

२०७५ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित