२१ औं बुढासुब्बा रेडबुल गोल्डकपको सम्पूर्ण तयारी पुरा

माघ २४, धरान । शनिबारदेखि सुरु हुन लागेको २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । 

बुढासुब्बा गोल्डकप धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा माघ २६ गतेदेखि फागुन ४ गतेसम्म आयोजना हुने धरान फुटबल क्लबले जानकारी दिएको छ । 

प्रतियोगिताको अन्तिम तयारी अहिले धमाधम चलिरहेको छ । ‘तयारी लगभग पुरा भएको छ, अब मूर्तरुप दिने काम मात्र भइरहेको छ,’ क्लबका अध्यक्ष तथां एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले भने । 

null

 

उनका अनुसार खेलका लागी ८ वटा टिम छनौट भइसकेको जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, क्यारुनको डल्फीन क्लब, संकटा काठमाडाैं, मेची नेत्रालय क्लब झापा, साहारा क्लब पोखरा, दलहा उजीलेथिक्सट क्लब, कलकता भारतसँगै आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । 

प्रतियोगितामा आयोजकको तर्फबट हेमन्त थापामगर, बिष्णु सुनुवार, बर्तमान राई लगायतका राम्रा खेलाडीहरु रहने छन् । 

पत्रकार सम्मेलनमा राईले राष्ट्रिय खेलकुद परिषद्का जिम्मेवार व्यक्तिहरु तथा राष्ट्रिय खेलकुद परिषदका सचिव केशब बिष्टलाई सुविधा सम्पन्न रंगशाला बनाउन पहल समेत गरिने बताइएको छ । 

 

‘२० बर्षदेखि बाँसको प्याराफिट बनाइरहेका छौँ, कति बर्षसम्म हामीले यस्तो नियती भोग्ने ? त्यही भएर पनि यस विषयमा छलफल गर्न उद्घाटनमा बिष्ट र समापनमा १ नं प्रदेशका मुख्यमन्त्रीलाई नै बोलाएका छौँ,’ क्लबका अध्यक्ष एवम् एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले भने । 

गोल्डकपका लागी पूर्वतर्फ पक्की प्याराफिटमा करिब ५ हजार दर्शक अटाउने गरी बनाइएको छ भने पश्चिमतर्फ भने २ वटा सय, सय फिटको प्याराफिट समेत बनाइएको छ । जसमा २ हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्फ नै ५ सय क्षमताको भिआइपी प्याराफिट समेत तयार भइसकेको छ । 

विगत २० बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको एक मात्र प्रतियोगिता बुढासुब्बा गोल्डकपमा यसपालिको पुरस्कार राशी बढाएर विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख प्रदान गरिने आयोजकले जनाएको छ । 

 

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृट खेलाडीलाई होण्डाको स्कुटर, हाई स्कोररलाई ३५ हजार, बेष्ट गोल किपरलाई २५ हजार, बेष्ट डिफेन्सलाई २५ हजार, बेष्ट मिडफिल्डरलाई २५ हजार, फरबार्डलाई २५ हजार र बेष्ट स्टाईगर लाई नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

त्यस्तै धरानका एकमात्र उदयमान खेलाडीलाई समेत नगद १५ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

सोही गोल्डकपमा दैनिक रुपमा टिकट काटेर खेल हेर्ने दर्शकहरुका लागी पनि लक्की ड्र मार्फत होण्डाकै नावी नामक बाईक प्रदान गरिनेछ । 

 

२०५५ सालदेखि शुरु हुँदै आएको बुढासुब्बा गोल्डकपको गत सालको बिजेता थ्री स्टार क्लब भएको थियो । गोल्डकप सञ्चालनका लागी ७० लाख खर्च लाग्ने र ९० लाख संकलन गर्ने लक्ष्यका साथ सुरु हुन लागेको बुढासुब्बा गोल्डकपमा यसपटक करिब २० लाख नाफा गर्ने आयोजकको योजना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *