कांग्रेस सांसदले भने, ‘पशुपति शर्मालाई २५ हजार नगद पुरस्कार दिन्छु’

फागुन ६, काठमाडौँ । गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले लोकदोहोरी गायक पशुपति शर्मालाई फागुन महिनाको आफ्नो पारिश्रमिकबाट सम्मान स्वरुप २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । 

लोकतन्त्र, गणतन्त्रमा पनि दुई तिहाइको सरकारले दम्भ देखाएको आरोप लगाउँदै उनले भने, ‘दुई दिन पहिला गायक पशुपति शर्माले एउटा लोकदोहोरी गाएका थिए । तर दुई तिहाइको सरकारको अगाडी त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यस्ताको मुखमा त ताला लगाउनुपर्छ । सुन्नेलाई कान थुन्नु लगाउनुपर्छ । भन्ने सरकारको बुझाइ देखियो । सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो प्रश्न खडा भइसकेको छ ।’ 

null

उनले सत्तारुढ सरकारले गणतन्त्र, लोकतन्त्रको नाममा जनता, बुद्धिजिवी तथा गायकको भावनालाई सम्मान गर्न नसकेको भन्दै जनताको भावना अनुसार सरकार चल्नुपर्ने बताए । उनले एउटा गीत ‘लुट्न सके लुट’ लाई प्रतिबन्ध लगाउने भन्दै प्रश्न गरे ? 

उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *