भ्रष्टाचारीको पोल खोलौं भन्दै अख्तियार पुग्यो विवेकशील साझा

 

फागुन १४, काठमाडौँ । विवेकशील साझा पार्टीले भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुलाई तत्काल कारवाहीको माग गरेको छ । 

मंगलबार र्यालीसहित टंगालस्थित अख्तियारको कार्यालयमा पुगेको प्रदेश नं. ३ की संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गरेर भ्रष्टाचारीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गर्दै आयोगका प्रवक्ता रामेश्वर दंगाललाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

null

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ । नेपाल आयल निगमको जग्गा खरिद प्रकृया, स्वीस बैंकमा नेपालीहरुले राखेको धन लगायतका विषयमा अख्तियारको अनुसन्धानप्रति सबैको ध्यान केन्द्रित गरिएको जनाएको छ । 

अख्तियार पुगेका उनीहरुले ‘बोलौँ साथी बोलौँ, भ्रष्टाचारीको पोल खोलौँ, जनता बस्छन् धुलोमा, आगो छैन चुलोमा, भ्रष्टाचारी जेल परुन’ लगायत लेखिएको प्लेकार्ड बोकी नाराबाजी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *