राजधानीमै अबैध घरेलु मदिरा उद्याेगः सुंगुरकाे चाराेबाट रक्सी

 

फागुन १२, काठमाडौं । गाउँघर तिर कोदोबाट रक्सी बनाइएको धेरैले देखेका छौं । कोदो, चामल मकैलाई पकाएर मर्चा प्रयोग गरी सफा तवरले कुहाएर बनाएको घरेलू रक्सीको स्वाद मदीरा पारखीले पक्कै चाख्नु भएको होला । यस्तो रक्सी (मदिरा) गाउँघरमा अझैपनि बर्जित छ । पहाडी जिल्लाहरुमा स्याउको मिठो रक्सी बनाइन्छ । जुन मात्रा मिलाएर खाएमा औषधीको समेत काम गर्छ भन्ने गरिन्छ । 

तर, राजधानी काठमाडौं भित्रै भने सुंगुरको चारो अर्थात होटल, पार्टी प्यालेजहरुबाट संकलन गरिएको जुठो कुहाएर रक्सी (मदिरा) उत्पादन गरिदों रहेछ । 

null

 

महानगरी प्रहरी प्रभाग बलम्वुले चन्द्रागिरि नगरपालिका ८ बाट १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेपछि राजधानीका विभिन्न होटल र पार्टी प्यालेस तथा विवाह पार्टीहरुबाट संकलित जूठोबाट घरेलु रक्सी बनाइदो रहेछ भन्ने पुष्टि भएको हो । 

राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्वर ८ कञ्चन वस्तीको एउटा आलिसान भवनमा फोहर जुठोबाट घरेलु मदिरा बनाइन्छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त परिणाम सहितको मदिरा बनाउने कारखाना नै फेला परेको महानगरी प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताए । 

 

‘घरेलु रक्सी (मदिरा) उत्पादन हुँदैछ भन्ने सूचना आयो, त्यहि सूचनाका आधारमा खोज तलास गर्दा त, यहाँका तीन वटा घरमा संगठित रुपमा फ्याकिँएका जुठा फोहर खानेकुराबाट रक्सी उत्पादन गरि विक्रिवितरण गरेको पायौं ।’ उनले भने । 

सुविधा सम्पन्न घरमा अबैध तवरले रक्सी उत्पादन हुने गरेको भने सुचनाको आधारमा छापा मार्दा रहस्यमय तवरले आधुनिक घर भित्र मदिराको भट्टी फेला परेको प्रहरीको भनाइ छ । तिन ओटा सुविधा सम्पन्न घरबाट घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र बनाउन प्रयोग हुने दुई ट्रक सामग्री बरामद गरिएको थियो । 

 

बलम्वु प्रहरी प्रमुख शंकर खड्काको नेतृत्वमा गएको टोलीले आधुनिक घर भित्रै हजारौं लिटर मदिरा सहित अवैध भट्टी फेला पारेपछि महानगरीय प्रहरी वृत्त थानकोटलाई खबर गरेको थियो । 

प्रहरी निरिक्षक खड्काका अनुसार त्यहाँ विभिन्न पाटी प्यालेस, विवाहको भोज भतेर बाट सुंगुर बंगुरलाई खुवाउन (चारो) उठाईएको फोहर अवैध मदिरा बनाउन प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि सरकारले घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ रोक लगाएको छ । 

‘घरेलु मदिरा सेवनकै कारण दैनिक घरेलु झगडा तथा विभिन्न खालका विकृति विसंगति बढेपछि सरकारले घरेलु मदिरा उत्पादनमा रोक लगाएको थियो, राजधानी भित्रै आलिशान भवनभित्र घरेलु मदिरा बन्दो रहेछ । यसले समुन्नत समाज निर्माणमा ठूलो चूनौति थपेको छ ।’ थानकोट प्रहरी प्रमुख थापाले भने । 

 

महानगरीय प्रहर प्रभाग बलम्वु र प्रहरी वृत्त थानकोटको टोलीले बिहिबार बरामद भएको १२ हजार ४ सय लिटर तयारी घरेलु मदिरा र ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले बरामद मदिरा स्थानीय ढलमा फ्याँकेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *