एक ट्याक्सी चालक, जसले भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाए

 

फागुन ८, काठमाडौँ । एक ट्याक्सी चालकले यात्रुले आफ्नो ट्याक्सीमा छुटाएको सुनका गहना फिर्ता गरेका छन् । 

बा२ज २२७९ नम्बरका ट्याक्सी चालक सिमल राईले यात्रुले छुटाएको गहना फिर्ता गरेका हुन् । धरान १९ चौकीबारी घर भएका चालक राईले करिब तीन लाख ५० हजार बराबरको गरगहना, नगद र लेडिज पर्स महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका हुन्। 

null

उक्त गरगहना गुल्मी बाझकटेरी ३ की वसन्ता भुसालको भएको पुष्टि भएपछि प्रहरीले उनलाई बुझाइसकेको छ । भुसालको पर्समा ठूलो मंगलसुत्र, सानो मंगलसुत्र, चन्द्रमुखी, तिलहरी, घाटीको हार, टप, बेरुवा रिङ, औँठी तीन वटा र नगद ६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बुधबार बिहान करिब साढे चार बजेतिर अनामनगर भाटभटेनीदेखि नैकापसम्म जाँदा यात्रु भुसालले गहना ट्याक्सीमा छुटाएकी थिइन् । पछि चालकले कोठामा पुगेर हेर्दा उक्त सामान देखेपछि प्रहरीकहाँ बुझाउन आएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *