अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध आप्रवासी नेपालीद्वारा मुद्दा दायर

 

माघ २९, काठमाडौँ । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले गरेको निर्णय रंगभेदी मनसायबा प्रेरित भएको भन्दै आप्रवासी नेपालीहरुले मुद्दा दायर गरेका हुन् । 

null

ल्याटिन अमेरिकी देश होन्डुरसका आप्रवासीसँग उनीहरुले ‘टेप्रोरसी प्रोटेक्सन स्टयाटस’ (टिपिएस) अन्त्य गर्ने अमेरिकी प्रशासनका निर्णय विरुद्ध मुद्दा दायर गरेका हुन्। 

पहिलीको सरकारले लागु गरेको सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले आफ्नो देशमा सुरक्षित नभएका व्यक्तिहरुलाई अमेरिकामा कानूनी रुपमा बस्न र काम गर्न दिने व्यवस्थालाई ट्रम्प नेतृत्वको सरकारले खारेज गरेपछि नेपालीहरुले मुद्दा दायर गरेका हुन् । 

गत अक्टोबरमा एक न्यायाधीशले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानमा आप्रवासीको टिपिएस अन्त्य गर्ने निर्णय रोकेका थिए, जसले तीन लाख नागरिकले अमेरिका बस्न पाए । 

तर त्यस बेला नेपाल र एल साल्भाडोरका आप्रवासी भने छुट्न पुगे। दुबै देशका गरी करिब एक लाख मानिस ‘पिटिएस अन्तर्गत’ अमेरिकामा बस्दै आएका छन्। 

युवा अवस्थामा यो कार्यक्रम अन्तर्गत अमेरिका पुगेका उनीहरु सो देशमा स्थापित भइसकेका पनि छन्। 

‘नेपाल र होन्डुरसका टिपिएसधारीका ५० हजारभन्दा बढी अमेरिकी छोराछोरी छन्,’ दायर गरिएको मुद्दामा भनिएको छ, ‘ती बालबालिकामध्ये धेरैका उमेर स्कुल जाने उमेरका छन्। उनीहरु हुर्किदै गर्दा एक अभिभावक वा दुवै अभिभावक नभएको अवस्था छनोट गर्नुपर्ने असंभव छनोटका अवस्था आउन सक्छ।’ 

उनीहरुले दाय गरेको मुद्दामा अमेरिकी गृहमन्त्री, पूर्व गृह राज्यमन्त्री र अमेरिकी सरकारलाई विपक्षी बनाइएको छ। अमेरिकी टिपिएस खारेज गर्ने निर्णय गैर अश्वेत, गैर युरोपेली आप्रवासीलाई अमेरिकाबाट हटाउने योजना अनुसार आएको आरोप पनि मुद्दामा लगाइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *