सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी

 

फागुन ९, धनगढी । सुदूरपश्चिम प्रदेशलाई आगामी जेठ २० गते पूर्ण साक्षर घोषणा गर्ने तयारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा प्रदेशका ८८ वटै स्थानीय तह र जिल्ला विकास तथा समन्वय इकाई प्रमुखबीच भएको छलफल पछि उक्त सहमति भएको हो । 

देशमा रहेका सात प्रदेश मध्ये अहिले सम्म गण्डकी प्रदेशको मात्रै सबै जिल्ला पूर्ण साक्षर घोषणा भईसकेका छन् । तर यस अघि नै घोषणा भएका जिल्लाका आधारमा प्रदेशलाई साक्षर घोषणा भने गरिएको छैन । 

null

अहिलेसम्म देशका ७७ जिल्ला मध्ये ४८ जिल्ला साक्षर घोषणा भएको संघीय सरकार अन्र्तगत रहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्र स्थित अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका प्रमुख गेहनाथ गौतमले जानकारी दिए । पछिल्लो पटक गत आईतबार उदयपुर जिल्ला घोषणा भएको थियो । 

सुदूरपश्चिम प्रदेशमा भने अझै पनि ४० हजार नागरिक निरक्षर रहेको तथ्याङ्क छ । प्रदेशमा रहेका नौ जिल्ला मध्ये अहिले सम्म दार्चुला मात्रै साक्षर जिल्ला घोषणा भएको छ । यसैगरी बैतडी र कञ्चनपुर घोषणाको अन्तिम तयारीमा रहेको सामाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान केन्द्र प्रमुख झंकर विष्टले जानकारी दिए । उनका अनुसार यी जिल्ला सम्भवतः फागुन भित्रै साक्षर घोषणा हुने छन् । यस बाहेक बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीमा पनि तोकेको समय भित्र साक्षर दर बढाउन प्रदेश सरकारको समन्वयमा अतिरित्त कार्यक्रम सञ्चालन गर्ने सहमति भएको उनले बताए । 

साक्षर दर बढाउन सामाजिक विकास मन्त्रालयले हरेक स्थानीय तहलाई ५० हजार र जिल्ला शिक्षा समन्वय इकाईलाई तीन लाख प्रदान गर्नेछ । ‘तोकेको समय भित्र आ–आफ्नो स्थानीय तहलाई साक्षर घोषणा गर्न स्थानीय तहका जनप्रतिनिधी तयार भएका छन्’ अनुसन्धान केन्द्र प्रमुख विष्टले भने–‘पहाडका केही स्थानीय तह बाहेक अरुमा खासै समस्या देखिदैन, तोकेको समयमा घोषणा गर्न हामी तयार छौं ।’ 

दुई पटक मिति सर्यो 

कैलाली जिल्लालाई साक्षर घोषणा गर्न तोकिएको मिति दुई पटक सरेको छ । पहिलो पटक भदौमा घोषणा गर्ने तयारी भइरहँदा दुई वटा स्थानीय तहले असहमति जनाए पछि माघ सम्मका लागि मिति सारिएको थियो । पहाडी क्षेत्रमा पर्ने चुरे र मोहन्याल गाउँपालिकाले तत्काल आफ्नो स्थानीय तहमा तयारी नपुगेको भन्दै असहमती जनाएका थिए । तर तोकिएको माघ सम्म पनि आवश्यक सूचकाङ्क पुरा नभएपछि फेरी जेठ सम्मका लागि मिति सारिएको शिक्षा विकास समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले जानकारी दिए । 

कागजमा ९७ दशमलव २ प्रतिशत साक्षर देखिएको यो जिल्लाको पहाडी क्षेत्रमा शिक्षाका कर्मचारीको टुङ्गो लाग्न नसक्नु र बालबालिकाको सहज पहुँचमा विद्यालय नहुँदा समस्या देखिएको जनप्रतिनिधी बताउँछन् । 

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर छरिएको वस्ती र सबैको पहुँचमा विद्यालय नहुँदा साक्षर घोषणा अभियानमा समस्या देखिएको तर्क गर्छन् । मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावल भने अझै पनि आफ्नो क्षेत्रलाई तत्काल साक्षर घोषणा गर्न नसकिने बताउँछन् । 

गाउँपालिकाको २५ हजार जनसंंख्या मध्य अझै २० प्रतिशत भन्दा बढि मानिस निरक्षर रहेको भन्दै उनले उक्त समूहलाई साक्षर बनाउन विशेष कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए । 

२०६८ को जनगणना अनुसार कैलालीमा १ लाख ५५ हजार ५ सय ७० मानिस निरक्षर थिए । २०७० सालमा कैलालीमा सञ्चालन गरिएको साक्षर नेपाल अभियान मार्फत १ लाख ६० हजार ७ सय ३२ जनालाई साक्षर गरिएको थियो । त्यस लगत्तै पुनः निरन्तर शिक्षा मार्फत ७२ हजार ३४ मानिसलाई साक्षर बनाई साक्षरता दर ९७ दशमलव २ प्रतिशत पु¥याइएको तथ्याङ्क छ । 

साक्षरता लगायत अनौपचारिक शिक्षाका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक शिक्षा केन्द्र संघीयतासँगै खारेज भए पछि केन्द्रले गर्दै आएको काम संघीय सरकार अन्र्तगतको शिक्षा तथा तथा मानव श्रोत विकास केन्द्रमा रहेको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा मार्फत् हुँदै आएको छ । गत पुस १६ गते मन्त्रीपरिषद्बाट स्विकृत भएको साक्षर नेपाल अवधारणा पत्र र माघ ४ गते शिक्षा मन्त्री स्तरीय निर्णयबाट स्विकृत भएको अनौपचारिक तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिकाका आधारमा संघीय सरकारले साक्षरताका अभियान सञ्चालन गर्दै आएको छ । 

संघीय सरकारले लागू गरेको अवधारणा पत्र र सहजीकरण पुस्तिकाका आधारमा संघीय सरकारले कार्यक्रमहरु सञ्चालन गर्दै आएको शाखा प्रमुख गौतमले बताए । 

साक्षर घोषणा गर्दा निम्न सूचकलाई आधार मानिने गरिन्छः 

९ वर्ण र अक्षर लेखपढ गर्न सकेमा, 

९ मूल्य सूचि र विल पढ्न सक्ने भएमा, 

९ परिवारका सदस्यहरूको परिचय विवरण लेख्न र पढ्न सक्ने भएमा, 

९ मोवाईल र क्यालकुलेटरको प्रयोग गर्न सकेमा, 

० देखि ९ सम्मका अंक र अक्षर लेख्न र पढ्न सक्ने भएमा, 

लेनदेनका हर हिसाव राख्नसक्ने भएमा, 

चित्र, पोष्टर, साईनवोर्ड र ट्राफिक संकेत वुझ्ने सकेका आधारमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *