सिद्धार्थ बैंकद्वारा आफ्नाे नयाँ शाखा खैरहनीमा बिस्तार

माघ २१, चितवन। पूर्वी चितवनको खैरहनीमा सिद्धार्थ बैँक लिमिटेडले आइतबार आफ्नाे नयाँ शाखा खोलेको छ । सबैलाई बैंकको पहुँचमा पुर्‍याउनु पर्छ भन्ने उद्देश्यले ग्राहकलाइ लक्षित गरि सेवा खोलिएको सिद्धार्थ बैँक नारायणगढका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । 

साथै, उनलेे केही समयमै चितवनको पदमपुरमा समेत शाखा बिस्तार गर्ने तयारी रहेको जानकारी दिए । यता, खैरहनीमा नगरपालिकाका मेयर लालमणी चौधरीले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर चौधरीले बैँकहरु नाफा मात्रै केन्द्रित भएकाले सामाजिक उत्तरदायित्वका साथै सेवामूलक बन्नुपर्ने बताए । 

सेवाग्राहीलाई ऋण प्रदान गर्दा लिइने व्याज र त्यसको २/३ महिनामै बिभिन्न कारण देखाइ व्याजदर बढाउने संस्कृति रहेको भन्दै मेयर चौधरीले त्यसतर्फ बैंकलाई सजग समेत गराए । नयाँ व्यवसायलाई स्थापित गराउने गरी लगानी गर्दा बैँकलाई पनि आत्मसन्तुष्टी मिल्ने विश्वास व्यक्त गरे । 

null

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सम्झौता गर्दा फिक्स व्याज लिने भन्ने गरेता पनि २्/३ महिनामै व्याजदर बढाउने गरेकाले उद्योगी व्यवसायी मर्कामा पर्ने गरेको बताए । बैँकको देशभर १३७ वटा शाखा रहेका छन् । चितवनमा चौथो शाखाको रुपमा पर्सामा शाखाको उद्घाटन गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *