चितवनमा विदेशी पर्यटक साइकल दुर्घटनामा परी गम्भीर घाइते

माघ २१, चितवन । चितवनमा साईकल दुर्घटनामा परी एक जना विदेशी पर्यटक गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेदरल्याण्डबाट नेपाल घुम्न आएका ज्याक नामका पर्यटक पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा गएराती ११ बजे साईकलिङ गर्ने क्रममा लडेर घाइते भएका हुन् । 

एक्लै हिँडिरहेका उनी लडेर घाइते भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोलीले उपचारका लागि अस्पताल पुर्याएको थियो । 

null

घाइते ज्याकको अहिले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । साइकल यात्री ज्याक घाइते भएपछि यसबारे नेपाली दूतावासलगायत सम्बन्धित निकायमा घट्नाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =